Rule 64
अवकाश पाउने कर्मचारीले पाउने तलब भत्ता र रासन
: सशस्त्र प्रहरी कर्मचारीले राजिनामा दिई वा अनिवार्य अवकाश पाई सेवा निबृत्त भएमा सोको सूचना पाएको मितिसम्म निजले खाइपाइ आएको तलब भत्ता, रासन र अन्य सुविधा समेत पाउनेछ ।
तर कार्यालयमा गैर हाजिर रही विभागीय कारबाही सुरु गरिएको वा कारबाहीको क्रममा कार्यालयमा अनुपस्थित रहेको सशस्त्र प्रहरी कर्मचारीले भने अनुपस्थित रहेको मितिदेखिको तलब भत्ता र रासन पाउने  छैन।